एमालेका दुबै पक्षले बोलाए स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। हिजो बोलाइएको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने कार्यसूची रहेको तामाङले बताए। गत मंगलबारको बैठकले एकताका लागि अतिकतम पहल गर्ने निर्णय गरेको थियो। एमालेमा माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तलगायतका केही नेता कुनै पनि हालतमा आउन नचाहेको निष्कर्षका निकालिएको छ।

त्यसै गरी खनाल-नेपाल समूहले पनि आज आफ्नो पक्षका स्थायी कमिटी सदस्यसँग छलफल गर्दै छ। विहान ११ बजे जुम मार्फत बैठक डाकिएको एमाले नेता युवराज ज्ञवालीले जानकारी दिए।

यो समूह ओलीसँग कुनै पनि शर्त मानेर एकता नगर्ने बताउँदै आएको छ।