नेपाल आइडल विजेता रवि र स्मिताले ल्याए नँया गीत ‘राजा रानी’



काठमाडौं । नेपाल आइडलका विजेता रवि ओड र गायिका स्मिता दाहालले स्वरमा नँया गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टको अभिनय छ ।
गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ । भिडियो दिनेश विष्टले निर्देशन गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ ।