उपत्यकाका वर्कसपलाई पनि खोल्न अनुमति



काठमाडौं । काठमाडौं उपत्यकाका वर्कसपलाई पनि खोल्ने अनुमति दिइएको छ । उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका हुन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञालाई जेष्ठ अन्तिम सम्म लम्व्याउने निर्णय गरिएकोमा वर्कसपलाई राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।

यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो । त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खुल्ने भएको छ ।