कोरोना बाट २४ घण्टामा १०१ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ कोरोना संक्रमणका कारण १०१ जनाको मृत्यु भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परिक्षण मध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।