२४ घण्टामा ५३१६ संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थय तथा जनसंस्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परिक्षण मध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।