एमाले स्थायी समिति बैठक बुधबार पनि बस्न सकेन



काठमाडौं । बुधबार अपरान्हका लागी डाकिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक अब भोलि विहीबार जेठ २० गते बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए ।

पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्यि सभा उपनिर्वाचनलगायतका विषयमा छलफल हुने तयारी रहेको थियो ।

यसअघि पनि गत आइतबारका लागि बोलाइएको बैठक सोमबार हुदै मंगलबार मात्रै बसेको थियो ।