काठमाडौं उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा, किराना पसल खुल्ने



काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गरिएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यो थपिएको निषेधाज्ञामा यसअघी बन्द गरिएको किराना पसल भने खुला गरिने छ । । अब भने किराना पसल विहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यसअघि पुर्ण रुपमा बन्द गरिएको निर्माण सामग्री ओसार पसार गर्ने गाडी पनि रातिको समयमा चल्न जनाइएको छ । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो