स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको विरोधमा विराटनगरमा प्रदर्शन



काठमाडौं । स्वास्थ्यकर्मीमाथी भएको आक्रमणको विरोधमा विराटनगरमा प्रदर्शन गरिएको छ । कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ ।

सहकर्मी कुटिएको विरोधमा विराटनगरमा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । बुधबार कोशी अस्पताल विराटनगर परिसरमा प्लेकार्डसहित कुटपिटको विरोधमा प्रदर्शन गरेका हुन् ।

मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो । मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुईजना प्रहरीले कुटपिट गरेको उनले बताए ।

नेपाल चिकित्सक संघ कोशीको अगुवाइमा प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरे । यस्तै नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा. फरवार्ड सिलवालले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी प्रहरीबाटै कुटिनु दुःखद भएको बताए ।

स्वास्थ्यकर्मी कुटिएको विषयमा प्रहरीले छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।  

हाम्रो बारे

शैली मिडिया नेटवर्क प्रा.लि.
पुतलीसडक-२९, काठमाडौँ, नेपाल

सूचना तथा प्रसारण विभाग
दर्ता नं.: १३७१/०७५-७६

अध्यक्ष/प्रकाशक: रामचन्द्र पोखरेल
सम्पादक: सीमा खतिवडा

टेलिफोन: ०१-४५१६८२२
इ-मेल: shaileemedia@gmail.com

Follow US