ताप्लेजुङमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत फेला



काठमाडौं । पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ः०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलबार पौडी खेल्ने क्रममा सिरिजङ्घा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजीकबाट दिनेश बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेको बताए ।