चौधरी ग्रुपको बुधबार बिहानदेखि आगलागी



काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योगमा आज विहानैदेखी आगलागी भइरहेको छ । उद्योगको बियर र चाउचाउ उद्योग गर्ने प्लान्टमा आगलागी भइरहेको हो । चौधरी ग्रुपका सहायक प्रबन्धक सुवास देवकोटाले कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको जानकारी दिए ।

उनका अनुसार चारवटा दमकलले आगो नियन्त्रणका लागि गरेको प्रयास सफल भएको छैन । सेना र प्रहरी आगो नियन्त्रणमा खटिएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन । सुरक्षाकर्मी र मजदुर दमकलसहित आगो निभाउन खटिएका छन् । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी प्रकाश मल्लले बताए ।