तीन देशमा नियमित उडान भर्न चार एयरलाइन्सलाई अनुमति



काठमाडौं । विभिन्न ३ देशमा सातामा एउटा नियमित उडान भर्न अनुमति दिइएको छ । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति पाएका हुन् ।

सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् ।

नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेनन् । प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडान गर्न अनुमती दिइएको छ ।