उपत्यकामा निषेधाज्ञा केही खुकुलो पारी एक हप्ता थपिने



काठमाडौं । उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेधाज्ञा केही खुकुलो पारी निषेधाज्ञा थप्ने उपत्यकाका ३ सिडिओहरुले निष्कर्ष निकालेका छन् ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ । यद्यपि, यस विषयमा अन्तिम निर्णय भने हुन बाँकी रहेको छ ।