विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन



काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणपछि उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो।
कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य गम्भीर भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।