जसपा विवाद : ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट निकाल्यो



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षको पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले यादभलाई पार्टीबाट निश्कासन गर्ने निर्णय गरेको हो ।

कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।