प्रतिनिधीसभा विघटन रिटको अर्को सुनुवाई २३ गतेलाई तोकियो



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ जेठ २३ गतेलाई तोकिएको छ । आजको इजलासमा पनि न्यायाधीश रहने कि नरहने भन्ने विषयमै विवाद भएपछि विषयमा सुनुवाई हुन सकेन ।

विवादपछि संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराई अलग भएका छन् । संवैधानिक इजलासमा मंगलबार कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भएकाले आफू इजलासबाट अलग हुने बताएका हुन् ।
तर मुख्य विवादको पात्र रहेका संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने अलग हुन अस्वीकार गरेका छन् । केही वकिलहरूले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिएका हुन् ।

यही विषयमा मंगलबार इजलासमा छलफल हुँदा न्यायाधीश श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने कारण नदेखेको बताए ।

बमकुमार श्रेष्ठले भने नाम सम्बन्धी विवादको मुद्दा र यो फरक विषय भएकाले इजलास नछाड्ने बताए । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब इजलास विषयको विषयमा विवाद नगर्न आग्रह गरे ।