वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश सहमति



काठमाडौं । वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमति जुटेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका हुन् ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको आज भएको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।

छलफलपछि श्रेष्ठले संवैधानिक इजलास संचालन सम्बन्धी नियमावली २०७४ शंसोधनका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट निर्णय गरेर न्याय परिषद्मा पेश गर्ने सहमति भएको जानकारी दिए ।