आइतबार साँझदेखि हराएका सिमकोटका रुन बोहरा मृत फेला



काठमाडौं । आइतबार साँझदेखि हराएका सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय रुन बोहरा मृत अस्थामा फेला छन् ।

दोजाम प्रहरी चौकी र स्थानीय मिलेर राता ढुङ्गा क्षेत्रको आसपासमा खोजतलास गर्दा सोमबार राति ९ बजे एक हजार मिटर तल खसेर मृत अवस्थामा भेटाएको हो ।दुई दिनदेखि हराएका बोहराको शव भेटिएको प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए ।

घटनाको थप अनुसन्धान हुने उनले बताएका छन् । आइतबार बिहान गाउँबाट एक घण्टाको पैदल दूरीमा रहेको ग्याग्रुकको जिगामुल भन्ने स्थानमा गाईवस्तु गोठालो गएर साँझ घर फर्किने क्रममा उनी हराएका थिए ।

खराब मौसमका कारण उनी बाटोबाट लडेको हुनसक्ने अनुमान स्थानीयले गरेको छ ।