देशभर सामूहिक चिहानहरुको खोजी गर्न सरकारलाई दबाब



एजेन्सी । क्यानडाका आदिवासी समूहहरुले देशभर सामूहिक चिहानहरुको खोजी गर्न सरकारलाई दबाब दिएका छन् ।

आदिवासी समूदायका लागि तयार गरिएको पूर्व आवसीय विद्यालयमा २१५ विद्यार्थीको सामूहिक चिहान भेटिएपछि दबाब बढेको हो ।

विद्यार्थीहरुको सामूहिक चिहान भेटिएपछि सहयोगको घोषणा गरेको प्रधानमन्त्री जस्टिन ट्रूडोले यसबारे विस्तृत विवरण भने दिएका छैनन् ।

ब्रिटिस कोलम्बियामा सन् १९७८ मा बन्द भएको कम्लूप्स इन्डियन रेजिडेन्शियल स्कूलका विद्यार्थीहरुको सामूहिक चिहान भेटिएको हो । भेटिएका शव मध्ये केही तीन वर्षसम्मका बालिबालिकाको थियो ।

यस सम्बन्धी जानकारी गएको बिहीबार टेमलप्स टी क्वपेमसी फर्स्ट नेशनका प्रमुखले दिएका हुन् ।

फर्स्ट नेशनको एसेम्ब्लीका राष्ट्रिय प्रमुख पेरी बेलेगार्डले परिवारलाई सत्य जान्ने र शोकबाट निष्कने अवसर दिनु पर्ने बताएका छन् ।