विवेक लुईंटेलको ‘घुमाउरो बाटो’



काठमाडौँ । गायक विवेक लुईंटेलको नयाँ गीत ‘घुमाउरो बाटो’ सार्वजनिक भएको छ। यसअघि ल्याएको ‘घोप्टेभिर’ गीतबाट निकै चर्चा कमाएका उनले ‘घुमाउरो बाटो’ ल्याएका छन् ।

‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि परदेसिएका नेपालीले भोग्नुपरेका दुःख, पीडा, वेदना र नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तहरूको छटपटी देखाइएको छ ।

म्यूजिक भिडियोमा विप्लव कँडेल, आसिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायत कलाकारको अभिनय छ । बाबा हन्टर (सिजन कार्की)को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन् भने सिर्जना केसीले नृत्य निर्देशन गरेका छन्।

प्रफुल्ल केसीले रचना गरेको गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन्।