जसपा सरकारमा सहभागी हुनेबारे छलफल



काठमाडौँ । जसपा र प्रधानमन्त्री केपी ओली बिच जसपा सरकारमा सहभागी हुनेबारे छलफल भएको छ । प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतको भेटवार्ता ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने कुरा भएको नेता कर्णले जानकारी दिए ।

छलफलमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको नेता कर्णले जानकारी दिए । मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उनले बताए ।

बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो । कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन् । यस्तै कार्यदलका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङका अनुसार वार्ता चलिरहेको र टुंगो लागि नसकेको बताए ।