प्रदेश–२ सरकारद्वारा बजेट अधिवेशन आह्वानको सिफारिस



काठमाडौं । प्रदेश–२ सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश–२ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि शुरु भएको थियो ।