नेपालगञ्जका मेयर राणले किन गरे राष्ट्रियसभा उपनिर्वाचनमा मतदान बहिस्कार ?



काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदान अस्विकार गरेको जनाएका छन् ।

उनले सामाजिक सन्जालमार्फत् यो जानकारी दिएका हुन् । राप्रपाबाट नेपालगञ्जको मेयर चुनिएका राणाले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन ।

अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’