एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ । राष्ट्रियसभा उपनिर्वाचन लगायतका कारण देखाउँदै बैठक अन्तिम समयमा स्थगित भएको हो । बैठक आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो ।

यसअघि आइतबार साँझ पाँच बजे तय भएको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको थियो । बैठकमा स्पष्टीकरण सोधिएका १२ जना नेताहरुलाई थप कारबाही गर्ने विषयमा छलफल गर्ने तयारी थियो ।

यसअघिको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो ।