विघटन मुद्दाको पेसी मंगलबार, इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने–नरहनेबारे भोलि निर्णय हुने



काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रीटको पेशी मंगलबार तोकिएको छ । मंगलबार संवैधानिक इजलासमा पेसी तोकिएको हो । आइतबार पनि यसमा बहस भएको थियो । आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रीट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायत वकिलहरूले संवैधानिक इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए । सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार संवैधानिक इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने÷नरहनेबारे सोमबार निर्णय हुनेछ ।