कांग्रेसद्वारा लकडाउन प्रभावित मजदुरका लागि राहत प्याकेज ल्याउन माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लकडाउन प्रभावित मजदुरका लागी राहत प्याकेज ल्याउन माग गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउन काँग्रेसले माग गरेको हो ।

आइतबार बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण प्रभावित भएको कारण तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले सरकारले अहिले सम्म मजदुरका लागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।