२४ घण्टामा ४३६९ संक्रमित थपिए, १०९ को मृत्यु : परिक्षण घटेसंगै संक्रमण पनि घट्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो ।

यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् । परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो ।

नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ । आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।