सर्लाहीमा हात्ती आतंक, ४ घरमा क्षति



काठमाडौं । सर्लाहीको तालवन्दीमा जंगली हात्तीले ४ घर भत्काएको छ । आज बिहानपख गाउँ पसेका तीनवटा जंगली हात्तीले लालबन्दी नगरपालिका–१० पोखरीटोलमा चार वटा घर भत्काएको हो ।

स्थानीय श्याममाया मगर, पहलमान मोक्तान, नुरुल अन्सारी र देवलाल डिमडुङकको घर जंगली हात्तीले आक्रमण गरी भत्काएको र घरभित्र राखिएको धान र गहुँ लगायत अन्न खाइदिएको छ ।

हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका छन् । हात्तिीले तामाङ समुदायका मानिसको शव अन्त्येष्टि गर्ने घाटमा रहेको टहरो र फूटबल मैदानको पोल समेत उखेलिदिएको लालबन्दी नगरपालिका–१० का वडाध्यक्ष तोपबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार गएको ३ गते मात्र १० नम्वर वडामाहात्तीले ६ वटा घरमा क्षती पुर्याएका थिए। एकसाता अघि हरिवन १ चापिनीमा पनि एक घरमा क्षति पु¥याएको थियो।