एमालेको स्थायी कमिटी बैठक बस्दै



काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी आइतबार बस्दै छ । पार्टी विवाद र स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीबारे छलफल गर्न वैठक बस्न लागेको जनाइएको छ । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो भने उपमहासचिव घनश्याम भुसालसहित थप १२ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।