प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासमा बहस जारी, न्यायाधीश श्रेष्ठलाई इजलासमा राखिएकोमा प्रश्न



काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका रिट निवेदनमाथि संवैधानिक क्ष्जलासमा बहस भइरहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि बहसलाई निरन्तरता दिइएको हो । यसअघि शुक्रबार सुरु भएको बसहलाई आजबाट बहस सुरु गर्ने गरी ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १ सय ४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका छन् । ती निवेदन हेर्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ ।

शुक्रबारको बहसमा निवेदक पक्षका अधिवक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्ति पाएर धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्ने बताएका थिए ।
यसैविच प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बहस सुरु भएको छ ।