किन सोधियो सुदूरपश्चिममा ओली पक्षका सांसद बोहोरालाई स्पष्टीकरण ?



काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई स्पष्टीकरण सोधेको छ । एमाले सुुदूपश्चिम प्रदेशका संसदीय दलका नेता प्रकाशबहादुर शाहले दलको बैठकविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेका हुन् ।

स्थायी कमिटी बैठकको निर्णयविपरीत संसदीय दलले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयपछि शाहसहित सरकारमा सामेल तीन प्रदेशसभा सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

उता, नवनियुक्त मन्त्रीसहित सात प्रदेशसभा सदस्यलाई पनि प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।