सुदूरपश्चिम नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै



धनगढी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नेपाली कांग्रेसले आज दिउसो २ बजे बैठक दलको बैठक बोलाएको हो।

गत शुक्रबार प्रदेश सरकारमा पुनर्गठित मन्त्रीमण्डल लगायत अन्य विभिन्न विषयमा छलफल तथा निर्णय गर्नका लागि बैठक बोलाइएको काङ्ग्रेस संसदीय दल सुदूरपश्चिमले जनाएको छ।

कोरोना महामारी नियन्त्रणमा उदासिन बनेको प्रदेश सरकार सत्ता जोगाउन तर्फ मात्रै लागिरहेको सुदूरपश्चिम नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए।