उपत्यकासहित धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली



काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

तर, सुदूरपश्चिम, प्रदेश(१ र २ का केही ठाउँमा भने हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि मौसम बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसोपछि उपत्यकासहित केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ । प्रदेश-१ र २ का केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, आजराति पनि देशभर मौसम बद्ली रहने छ ।

भोलि र पर्सिको मौसम पनि यस्तै रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।