निजामती कर्मचारीको तलब २ हजार बढ्यो



काठमाडौँ । सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण्को क्रममा जानकारी दिए ।

यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ । नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि ‘बंकरदेखि ब्यारेकसम्म’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।