कोरोना रोकथाम र नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड



काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । अध्यादेशमार्फत आज सार्वजनिक गरिएको बजेटमा सो बजेटको व्यवस्था गरिएको हो ।

आर्थिक वर्ष २०७८÷७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम,नियन्त्रणका लागि उक्त रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याएको बताएका छन् ।

यस्तै,सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।