ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो



काठमाडौँ । सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८÷७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पु¥याएका हुन् । हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ ।

सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए । यस्तै, जेष्ठ नागरिकका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।