घनश्याम भुसालको स्पष्टीकरण : संविधान र राजनीतिका लागि विकल्प रोज्नु पर्यो



काठमाडौं । एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै स्पष्टिकरण दिएका छन् । नेता भुसालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको स्पष्टीकरण दिएका हुन् । एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन् ।

स्पष्टीकरणमा उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले संसदीय मर्यादा उलंघन गरेको स्वीकार गरेका छन् । तर संविधान र राजनीतिका लागि आफूले उल्लङ्घनको विकल्प रोज्नु परेको उनको भनाइ छ ।