तनहुँको व्यासमा पहिरोमा परी एक महिलाको मृत्यु



काठमाडौं । तनहुँको व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए ।

पहिरोले घरमा पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए । ‘राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएर पुरेको र पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने क्रममा ति महिलाको मृत्यु भएको हो । घरमा घर्तीसहित ५ जना रहेको रहेका थिए ।