खोप उपलव्ध गराइदिन अनुरोध गर्दै अमेरिकी राष्ट्रपति बाइडेनलाई नेपालको पत्र



काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन अनुरोध गर्दै नेपालले अमेरिकी राष्ट्रपतिलाई पत्र पठाएको छ । खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी हुन् ।
अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको विज्ञप्ति निकारले जानकारी गराएको छ ।

नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ । विशेषगरी अमेरिकाले चाँडै बिभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरेको छ ।