सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गर्नुपर्यो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक पाइलामा व्यवधान, घेराबन्दी र विरोधको मात्र सामना गर्नुपरिरहेको बताएका छन् । गणतन्त्र दिवस–२०७८ का अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका लागि भन्दा पनि सत्ताआकांक्षी समूहले मुलुकको लोकतान्त्रिक प्रणालीको दुरुपयोग भएको भनाई राखे ।

उनले अगाडि भनेका छन्, ’मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुग्यो। सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छ ।’

त्यस्तै उनले चुनाव हुँदैन र भएमा पनि स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुरा कुप्रचार र निराधार भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ’।।।आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ ।