बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौ । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर शनिबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै छ ।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।