मनाङ चामेका ३६ घर जोखिममाः बस्ती डुबानमा



काठमाडौं। निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको हो।

खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ । पश्चिम बंगालखाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली यास चक्रवातका कारण जिल्लाको तल्लो भागमा धेरै पानी परेपछि अहिले बस्ती नै जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जोखिममा परेको घरपरिवारलाई स्थानान्तरण गरिएको छ । उनले सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय उद्धारमा खटिरहेको र बस्तीका मानिसलाई भने सुरक्षित स्थानमा व्यवस्थापन गरिरहेका उनले जानकारी दिए ।

कोभिडका समयमा संक्रमितको व्यवस्थापन र लगातारको वर्षाले क्षति पुगेको ठाउँ अवलोकन तथा अनुगमनमा निस्कँदा यता आफैंँ जोखिममा परिएको बताए ।