४ सय ३० कैदीको कैद मिनाहा



काठमाडौं । सरकारले ४ सय ३० जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरेको छ । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।