चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा



काठमाडौं । बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए ।

आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरिएको हो । महामारीको समयमा फ्रन्टथ लाइनमा काम गरीरहेको स्वास्थ्यकर्मी विरुद्ध भएको आक्रमणको सर्वत्र विरोध हुनुको साथै सरकारको पनि घटनातर्फा ध्यानाकर्षण भएको छ ।

गृह मन्त्रालयको साथै प्रधानमन्त्री वलीले समेत घटना संलग्व्नलाई कारीवाही गर्ने जनाएका छन् । यसअघी चिकित्सकमाथी आक्रमण भएपछि आन्दोलित बनेका स्वास्थ्यकर्मी पनि काममा फर्किएका छन् ।