सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप्को व्यवस्था गर्छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनैपनि हालतमा कोरोना विरुद्ध खोपको दोस्रो दोज व्यवस्था गर्ने बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् ।

उनले विश्वभर नै खोपको माग अत्याधिक रहेकाले कोभ्याक्सले पनि सोचे अनुरुपको खोप प्राप्त गर्न असफल भएको बताए । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप लगाएर कोरोना महामारीलाई नियन्त्रण गरिछाड्ने दाबी गरेका छन् ।