प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा राखियो



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा भएको बहस शुक्रबारका लागि सकिएको छ । शुक्रबार समय सकिएपछि आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो । आइतबार बहसले निरन्तरता पाउने छ ।