संविधान नै समाप्त हुने खतरा बढ्यो भन्दै चार पूर्वप्रधानन्यायाधीशको संयुक्त विज्ञप्ति



काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशहरुले संविधान नै समाप्त हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनिहरुले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेको भन्दै अब संविधान नै समाप्त हुने खतरा बढेको संयुक्त विज्ञप्ति जारी गरी बताएका छन् ।

पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको संविधानको धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरित दिशा तर्फ संविधान कार्यान्वयन भइरहेको आभास भएको उल्लेख गरिएको छ । यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको विज्ञप्तिमा भनिएको छ ।