प्रहरी चौकीमै खुकुरी हानाहान, चौकी इन्चार्ज घाइते



काठमाडौं । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो ।

पछिपछि आएको अर्काे समूहले चौकी भित्र आक्रमण गरेको र त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएको जनाइएको छ । ति युवाको आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनीमाथि खुकुरी प्रहार भएको थियो ।

घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए । घटनामा सात जना संलग्न रहेको भन्दै उनले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।