सहयोग आएका चिजहरु दुरुपयोग र पार्टीकरण बन्द गर्न देउवाको माग



काठमाडौँ । काँग्रेस सभापति शेर वहादुर देउवाले मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएका सहयोग दुरुपयोग नगर्न माग गरेका छन् । सभापति देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस प्रतिकार्यका लागि विदेशी मित्रराष्ट्रबाट आएको सहयोग दुरुपयोग र पार्टीकरण नगर्न माग गरेका हुन् ।

दलका नेताहरु र मन्त्रीसमेतले विदेशबाट आएको अक्सिजन सिलिन्डर र विभिन्न स्वास्थ्य सामग्री अनियमितता भएको गुनसो आएपछि कांग्रेसले ध्यानाकर्षण गराएको हो । देउवाले कोभिड–१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन आग्रह गर्दै दातृ निकायको सहयोग दुरुपयोग नगर्न भनेका छन् ।