जनताको हितभन्दा दायाँ– बायाँ गर्ने अधिकार कसैलाई छैन : सभामुख सापकोटा

जनताले दिएको निहीत अधिकार र संविधानले दिएको जिम्मेवारीअनुसार चल्छु


काठमाडौं । सभामुख अग्निप्रसासद सापकोटाले जनताको हितभन्दा दायाँ– बायाँ गर्ने अधिकार कसैलाई नभएको र आफू पनि सोहीअनुसार चल्ने बताएका छन् । संविधानविद् र कानुन व्यवसायीसँग प्रतिनिधिसभा विघटनबारे परामर्श गरेपछि सभामुख सापकोटाले जनताले दिएको निहीत अधिकार र संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने बताएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार भएको परामर्श बैठकमा सभामुख सापकोटाले आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले नेपाली जनताले प्रादान गरेको निहीत अधिकारलाई प्रयोग गर्नुपर्ने भनाई राखे ।

वर्तमान परिस्थितिको आफूले मसिनोसँग विश्लेषण गरिरहेको भन्दै सभामुख सापकोटाको असाधारण र धेरै गर्नका लागि दिन–दिनका, घण्टा–घण्टाका कुरालाई विचार, मनन गरेर ठोस स्थितिको ठोस विश्लेषण गरीरहेको बताए ।

उनले जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन स्वीकार्य नभएको बताए । प्रतिनिधिसभाको दोस्रो विघटनले अदालतको आदेशको पालना नभएको पनि सभामुख सापकोटाको भनाइ थियो । त्यस्तै, सरकार गठनका विषयमा कसको पक्षमा बहुमत छ र कसकोमा छैन भन्ने कुराको निर्क्यौल संसद्ले गर्नुपर्नेमा राष्ट्रपतिले गरेको भन्दै उनले असन्तुष्टि पनि जनाए ।