एमालेका पूर्वसांसद रत्न प्रसाद शर्माको निधन



काठमाडौं । कोरोना संक्रमित पुर्व साँसद रत्न प्रसाद शर्मा न्यापानेको निधन भएको छ । नेकपा एमालेका नेता तथा पूर्व सांसद न्यौपानेको गएराति उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँ संक्रमण समेत देखिएको थियो ।

हाल एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा निर्वाचित भएका थिए ।